
काठमाडौं, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो ।
सोही अवसरमा उनीहरुले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए ।एजेन्सी







