
काठमाडौं, आजबाट इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान हनुमानढोकामा बिहानको ७ः१७ शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको आरम्भ गरिएको हो ।
इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित थिए भने हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरु हुने परम्परा छ ।
यसैगरी इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा,आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ ।







