
काठमाडौं, आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २२ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर ७ तारीख भाद्र शुक्लपक्ष द्वादशी तिथी ।
रशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।







