
भदौ १८ गते , दक्षिण काेरिया।जीकेएस (GKS) काेरियाकाे आयाेजनामा अहिले सम्मकै धेरै धनराषिको फुटसल प्रतियोगिता गरिने भएको छ।
उक्त प्रतियोगिता आगामी अक्टोबर ९ तारिक का दिन हुने आयाेजक टिमले जानकारी दिएको छ। खेल हुने स्थान भने कोरियाकाे नेपालि समुदाय भेला हुने शहर किम्हेमा रहेकाे छ ।
सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल सहयोगार्थ “गिम्हे गोल्डकप” को नाफाबाट नेपालमा सहयोग रकम पठाउन सकिए सडक बालिकाको उद्दारमा खटिएको मामाघर नेपाललाई या साना नानिहरुलाई केहि सहायता पुग्ने आयाेजक टिमको विश्वास रहेकाे छ।
कोरियामा नेपालि समुदाय अझ भन्दा फुटबल खेलाडिहरु माझ फुटसल दिनानुदिन लोकप्रिय बन्दै आईरहेको सिनारियो बिच GKS ले भने फुटसलमा अहिले सम्मकै धेरै धनराषि सहितको फुटसल प्रतियोगिता आयोजना गरेकाे हाे ।

कोरियामा रहेका फुटबल क्लवहरुबिच अझै उत्साह जाग्नेमा आफु विश्वस्त रहेको GKS का संस्थापक प्रशान्त राज बानियाँकाे भनाइ छ ।
प्रतियोगितामा पहिलाे हुने टिमलाई प्रथम पुरस्कार ३५ लाख वन सहित ट्रफि,मेडल,प्रमाणपत्र दिइनेछ । त्यसैगरी दाेस्राे हुने टिमलाई २० लाख वन सहित ट्रफि,मेडल,प्रमाणपत्र, र सान्तवना दुई टिमलाई ७ वन र प्रमाणपत्र लगायत अन्य बिधामा पनि पुरस्कार रहने बताएको छ।
यश खेलमा सहभागी हुनका लागि सेप्टेम्बर ३ तारीख बाट टिम दर्ता गर्न सकिनेछ । उक्त प्रतियोगितामा दक्षिण कोरियाभर रहनुभएका सबै फुटबल क्लब,सबै जातिय-क्षेत्रीय समुदाय,व्यापारि,विधार्थि लगायत सबै नेपालिहरुमा टिम दर्ता लगायत न्यानो सहभागिताको लागि संस्थाले आव्हान गरेको छ।
फुटसल प्रतियोगिता यसअघि तामाङ संघ ख्यङ्साङ र तमुधिं ख्यङ्साङले आयोजना गरेकै फुटसल मैदानमा हुनेछ ।थप जानकारि माथि दिइएको पोष्टरमा पनि हेर्न सकिनेछ।







