
उदयपुर, उदयपुरमा एकै परिवारका ३ जनाको विभत्स हत्या भएको छ । शुक्रबार उदयपुरको बेलका नगरपालिका-७ गौधाटारमा एक जनाले एकै परिवारका तीन जनालाइ धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार घरबाट खेतीतर्फ जाँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो ।
यसैगरी हत्यापछि फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले सञ्चारमाध्यमलाई जानकारी दिए । हाल घटनाको कारण बारे केही खुलेको छैन ।







