
काठमाडौं, राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट १५ बुँदे सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक- २०७९ राष्ट्रिय सभाले पारित गरेको हो ।
शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक- २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो ।







