
काठमाडौं, डिजेल र मट्टितेलको मूल्य पुनः बढेको छ । आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य अनुसार अहिले डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पुगेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
प्रतिक्रिया







