
बिरगञ्ज, गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले शनिबार दोस्रो दिन पनि खाना खुवाएको छ । संघले शनिबार १०० जना भोकालाई खाना खुवाएको नेविसंघ ठाराब एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।
नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाराब एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खान बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १००/१०० जना खाना खुवाउने जनाएको छ ।


खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,रभी साह,भुपेन्द्र यादव र राजा यादव लागयतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंस पर्साका अध्यक्ष विकास तिवारीले बताए ।







