नवलपुर समाज र नेपाल तराई समाज कोरिया छुसकमा पिकनिक तथा भ्रमण कार्यक्रम भव्य गर्ने तयारीमा रहेकाे छ।

काेरिया, भदौ १६ गते।नवलपुर समाज र नेपाल तराई समाज दक्षिण कोरियाकाे संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १० र ११ तारिखमा छुसक काे अवसरमा पिकनिक तथा भ्रमणको आयाेजना गर्ने भएको छ। यी दुई संस्थाको सयुक्त आयाेजनामा उक्त कार्यक्रम हुन लागेको हाे।
नेपाल तराई समाजका अध्यक्ष अवदेशराज चाैरासियाका कार्यक्रममा सहभागी जनाउन सम्पूर्ण काेरियावासी नेपालीहरुलाई अनुरोध गरेका छन् । अध्यक्ष चाैरासीयाले उक्त कार्यक्रममा सहभागी जनाउनकाे लागि संस्थाको पेजमा सम्पर्क नम्बर दिएकाेले इच्छुक हुनेले सम्पर्क गर्न सकिने पनि जानकारी दिएका छन् ।
त्यसैगरी कार्यक्रममा सहभागी हुनकाे लागि र थप जानकारी लिन चाहेमा सहजकर्ताकाे भुमिका निर्वाहाका लागि लक्ष्मण पौडेल 01074029514 हरि प्रसाद कंडेल 01021546606,बादल सर्नवाकर 01096143792 अजय कुशवाहा 01075049509,मुकुन्द चालिसे 01021339245,पुनम पाठक र 01063863768 र मनोज पाँगेनिसँग 01083289029 नम्बरमा फाेन गर्न सकिने नवलपुर समाज काेरियाका अध्यक्ष हेम पाटकले जनाएका छन्। यी दुई संस्थाले नेपालमा विपतमा परेका नागरिक र विद्यार्थीहरुकाे सहजताका लागि केही विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ।







