
तनहुँ, अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ । शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।
यसअघि नाबालिग (गायिका समिक्षा अधिकारी) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा थिए । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।
नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो भने फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।







