
काठमाडौं, नेपाली राष्ट्रिय टोलीका गोलरक्षक (गोलकिप्पर) किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । आफ्नी प्रेमिका कन्चन सिटौलासँग उनले विवाह गरेका हुन् ।
यसअघि माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका निरौलालाई प्रेम प्रस्ताव राखेका थिए ।
यसैगरी कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् । एयर होस्टेज समेत रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।







