
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार सिंहदरबार पुगेर बयान दिँदै छन् । न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव आफुले अश्वीकार गर्दा महाअभियोग लगाइएको उनले बताएका छन् ।
आज महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा उनल यस्तो बताएका हुन् भने उनले कार्कीलाई प्रधानन्यायाधीश बनाईनुपर्ने भनेर कसले प्रस्ताव ल्याएको भन्ने गोप्य राखेका छन् ।
यसैबीच उनले आफू विधि र पद्धतिबाट आएको बताउँदै पार्टी र मिडियाको दबाबमा नगर्ने भनेर त्यतिवला जवाफ दिएको स्मरण गराए ।
उनले भने,”ममाथिको महाभियोग प्रस्ताव संविधानअनुसार नै निश्क्रिय भैसकेको छ । म त नागरिकका हिसाबले मात्र संसदको सम्मानका लागि समितिसमक्ष बयान दिन उपस्थित भएको हुँ । ममाथि लगाइएका अभियोग बेबुनियाद र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक छैन् ।”







