
काठमाडौं, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिनुअघि महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । अहिले प्रधानन्याधीश जबरा संघीय सचिवालयको कार्यकक्षमा वेटिङमा छन् ।
बुधबार जबरासँग महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएको छ । समिति बैठकमा संचारकर्मीलाई समेत प्रवेश निषेध गरिएको छ ।
यसैगरी आफूमाथि लागेको महाभियोगबारे बयान दिन जबरा बुधबार बिहान सिंहदरबार पुगेका हुन् ।







