
काठमाडौं, जातीय टिप्पणी गरेको आरोपमा पक्राउ परेका युट्यूव कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उनलाई १० दिनको म्याद दिएका हुन् ।
यसअघि उनले युट्यूवमा पोष्ट गरेको कमेडी भिडिओले नेवारी संस्कृतिमाथि चोट पुगेको भन्दै विवादमा परेको थियो । निश्चित जातिमाथि लक्ष्यित गर्दै हास्यव्यंग्य गरेको आरोपमा केही अभियन्ताले सिंहविरुद्ध जाहेरी दिएका थिए ।
कमेडियन सिंहले भने उक्त भिडिओ युट्यूवबाट हटाइसकेका छन् । उनले क्षमायाचना पनि गरेका छन् ।







