
काठमाडौं, चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको हो ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।
महालेखाका अनुसार संकलन भएको राजस्वमध्ये कर राजस्व ८७ अर्ब रुपैयाँ छ भने गैरकर राजस्व १० अर्ब रुपैयाँ छ । भदौ १२ गतेसम्ममा सरकारले ७९ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ भने अन्य प्राप्ति १२ अर्ब रुपैयाँ छ ।







