
काठमाडौं, तीजका अवसर पारेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुका लागि आयोजना गरिएको कार्यक्रममा छमछमी नाचेका छन् । आजै पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठकपछि तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।


शनिबार साझ ओलीले कार्यक्रमको उद्घाटनमा हार्मोनियम र गितार बजाएका थिए । कार्यक्रममा महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, योगेश भट्टराई तथा उपस्थित अन्य महिला नेतृहरु नाचेर रमाइलो गरेका हुन् ।







