
कोलम्बो, राष्ट्रसंघले आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा परेको चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी सञ्चित मुद्राको आभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।
यसैगरी नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया एडजेईले जानकारी दिए ।एजेन्सी







