
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार विद्यालय तहको अन्तिम परिक्षाको रूपमा हेरिएको सो परीक्षको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने भएको हो ।
बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरु भएको १२ को प्रश्न परीक्षण सकेर त्यसपछिको काम शुरु भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रुाद शर्माले भने, ‘अबको १० दिनभित्र परीक्षफल प्रकाशित गर्ने गरी तयारी थालेका छौं ।’







