
काठमाडौं, नेपालमा थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभरबाट ३४२३ नमूना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८१६ र एन्टिजेनबाट १६०७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २०२ र एन्टिजेनबाट ८४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
पछिल्लो २४ घन्टाकोमा कोरोनामुक्त भई थप ४७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४३४८ पुगेको छ ।







