
कार्तिक ३ गते दक्षिण काेरियामा रहेका नेपाली चेलिबेटीहरुलाई समेटेर महिलाका लागि महिला
संस्थाले काेरियामा तीजकाे दर खाने कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
उक्त संस्थाका सचिव सुस्मा थापाका अनुसार आगामी आइतबार अर्थात यहि अगस्ट २८ तारिखका दिन दर खाने र तिजकाे सम्झाना आफ्नो नेपाली पर्व प्रवासमै भए पनि भव्यताका साथ मनाउने जनाएको छ।
कार्यक्रम भने दाेङ्गदेमुन सउल सेकुवा कर्नरकाे सभा हलमा हुने जनाएको छ । त्यस्तै कार्यक्रम समय आइतबार मध्याह्न १२ बजेदेखि बेलुका ७ बजेसम्म हुने महिलाका लागि महिला संस्थाका सचिव थापाले बताएकी छन् । विगत लामाे समयदेखि उक्त संस्थाले काेरियामा महिलाहरुलाई अघि बढ्नका लागि सघाउदै आगकाे छ भने अप्ठ्यारोमा परेका महिलाहरुलाई उद्वारकाे कार्यहरुमा सहयोग गर्दै आएकाे छ ।







