
काठमाडौं– पार्टी विवाद समाधानका उपाय सुझाउन गठिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले प्रतिवेदन बुझाएको छ । शनिवार कार्यदलका सदस्यहरुले अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सो प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराका हुन ।
साउन ३० गते गठित कार्यदलले सर्वसम्मतरुपमा तयार पारेको प्रतिवेदन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।
स्थायी कमिटी बैठक नै अनिर्णीत भइरहँदा दुई अध्यक्षले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।







