
काठमाडौं – नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ३१ हजार ११७ पुगेकाे छ । जसमध्ये आज ६३४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् । त्यसैगरी शनिबार १३६ जना डिस्चार्ज भएका छन् । याे सँगै हालसम्म नेपालमा डिस्चार्ज हुनेकाे संख्या १८ हजार ३५० जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रीय संक्रमित १२ हजार ६२१ रहेकाे छ ।
काठमाडौं उपत्यकामा २१६ जना काेराेना संक्रमित शनिबार थपिएका छन् । जसमध्ये ललितपुरमा ६ जना,भक्तपुरमा ५० जना र काठमाडौंमा १०६ जना रहेका छन् । आज मात्रै नेपालमा ९ जना काेराेना संक्रमितको मृत्यु भएको छ । याे सँगै नेपालमा काेराेनाका कारण १४६ जनाकाे ज्यान गैसकेकाे छ ।







