
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम भएको छ ।







