
काबुल, अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्षेत्रमा सयौँ घाइते भएका छन् । बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन् ।
यसैगरी सयौँ घरहरूमा क्षति पुगेको छ भने अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केहीदिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।






