
वासिङ्टन, बुकर पुरस्कार विजेता तथा द सैटानिक भर्सास्युका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो ।
यसअघि ७५ वर्षीया लेखक रुस्दी बोल्न नसक्ने अवस्थामा भेन्टिलेटरमा थिए भने हाल उनी बोल्न सक्ने भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई अमेरिकाको न्यूयोर्कमा चक्कु प्रहार गरिएको थियो । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । हमलामा रुस्दीको अन्तरवार्ता लिने व्यक्ति पनि घाइते भएका थिए ।
सलमान रुस्दीका एजेन्टले हिजो आक्रमणको कारण लेखकको दृष्टि गुम्न पनि सक्ने बताएका थिए । त्यसबारे भने आज उनले केही बताएका छैनन् ।
रुस्दीमाथि एक २४ वर्षीय युवाले चक्कु प्रहार गरेका थिए । घटनास्थलमा उपस्थित मानिसहरूले आक्रमणकारीलाई घटनास्थलमै समातेका थिए ।एजेन्सी






