
नयाँदिल्ली, भारतको बान्दा जिल्लाको यमुना नदीमा सानो आकारको एउटा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार मर्काबाट छिमेकी फतेहपुर जिल्लाको जरौली घाटतर्फ जाँदै गरेको डुङ्गाको एउटा भाग भाँचिएपछि डुङ्गा पल्टिएको थियो ।
सो दुर्घटनामा परि दुई महिला र एक बच्चा गरी तीन जनाको शव बिहीबार निकालिएको हो भने १७ जना पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) को टोलीले वर्षा र चिप्लो भू-भागका कारण अघिल्लो रात अभियान रोकेपछि आज बिहानदेखि खोजी कार्य पुनः शुरु भएको थियो ।एजेन्सी






