
काठमाडौं, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपालको सचिवालयले सात सुरक्षाकर्मीमो कोरोना भाइरस संक्रमण भएको जनाएको छ।
पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो। जसमध्ये ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो।
माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण नदेखिएको बताइएको छ। कोरोना संक्रमण देखिएका सुरक्षाकर्मीमध्ये एक जना नेपाल प्रहरी हुन् भने बाँकी ६ जना सशस्त्र प्रहरी रहेको सचिवालयले जनाएको छ।







