
काठमाडौं, १२०० मेगावाटको पश्चिम सेती र सेती नदी- ६ जलविद्युत आयोजना निर्माणको जिम्मा लगानी बोर्डले भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औँ बैठकले यस्तो निर्णय गरेको हो ।
यसैगरी ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी- ६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।
बोर्डका अनुसार पश्चिम सेतीको मात्र करिब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र सेती नदी- ६ एक खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने अध्ययनले देखाएको छ ।







