
काठमाडौँ, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सक्ने बताएको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।
भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसीत विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताएका छन् ।







