
सोल, पछिल्ला केही दिनयता दक्षिण कोरियमा लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार गत २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ संक्रमित भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको छ ।
दैनिक नयाँ संक्रमितिको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।
एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।एजेन्सी






