
काठमाडौं, डढेलोका कारण अमेरिकाको क्यालिफोर्नियास्थित डढेलोका कारण ६ जनाको मृत्यु भएको छ भने हजारौं मानिसहरू विस्थापित भएका छन ।
क्यालिफोर्नियामा फैलिएको डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो फैलिएको छ।
आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन् । डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । एजेन्सी







