
बेइजिङ, बुधबार चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले ताइवान असपासका ६ क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सैन्य अभ्यास ताइवान सीमाबाट १६ किलोमिटर मात्रै टाढा भइरहेको छ ।
जसमा वास्तविक हतियार र गोलाबारुद प्रयोग भइरहेका छन् भने यो अभ्यास अगस्ट ७ सम्म चल्नेछ । यसअघि चीनले ताइवानबाट करिब १०० किलोमिटर टाढा यस्तो अभ्यास गर्दथ्यो । न्यान्सीको भ्रमणपछि सो अभ्यास सीमाको निकै नजिक भइरहेको छ ।
पीएलए इस्टर्न थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल शि यीक अनुसार सैन्य अभ्यासको क्रममा लामो दूरीको लाइभ फायर सुटिङ गरिने बताएका छन् । यसका साथसाथै मिसाइलको परीक्षण पनि गरिनेछ ।एजेन्सी






