
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिवार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, चाँदीको भाउ भने प्रतितोला १ हजार २१० रुपैयाँमा स्थिर छ ।







