
काठमाडौं, अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि राज्यले सहयोग नगरेको आरोप लगाएका छन् ।
बुधबार नेपाल चलचित्र संघ (फिल्म प्रदर्शकहरुको छाता संस्था) ले आयोजना गरेको आफ्नै स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले फिल्म क्षेत्रकै हितकै लागि आफु बोर्डमा आएको र आफ्नो कार्यकालमा फिल्म उद्योगलाई विश्वभर पुर्याउने र फिल्म क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






