
काठमाडौं, नेपालमा बुधबार थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा ९१५ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज अवधिमा ३०१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ । बुधबार कोराना संक्रमित मृतकको संख्या शून्य रहेको छ ।







