
काठमाडौं, नेपाली शेयर बजारमा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ६ दशमलव ७२ अंकले घटेर २१८६ दशमलव ७६ विन्दु झरेको हो ।
साताको कारोबारको चौथो दिन आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६३ अंकले घटेर ४२० दशमलव ५० विन्दुमा थामिएको हो ।
यसैगरी, नेप्सेमा २१८ कम्पनीको ४ अर्ब २९ करोड ९३ लाख १ हजार ४४० रुपैयाँ बराबरको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर खरिद बिक्री भएको हो ।







