
काठमाडौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरे अनुसार जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ ।
घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।
बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिँदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ







