
इस्लामावाद, पाकिस्तानमा बेपत्ता भएको सेनाको हेलिकोप्टर फेला परेको छ । सरकारी सैन्य अधिकारीहरूक अनुसार देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर मंगलबार भेटिएको हो ।

सो हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । जसमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैगरी घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् भने उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि गरेका छन् ।एजेन्सी






