
काठमाडौं, प्रदेश नं. २ को सिमा सुरक्षामा खटिएका एपीएफका खेलाडिमा कोरोना संक्रमण देखिएको छ । सिमा सुरक्षाका लागि पठाइएकामध्येमा पनि कोरोना संक्रमण देखिएको एपीएफ अस्पताल बलम्बुले जनाएका छन ।
१३औँं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएका, तर पदकविहीन एपीएफका खेलाडीलाई सीमा सुरक्षामा खटाइएको थियो । जेठ १९ गते एक महिनाका लागि एपीएफले ८२ खेलाडीलाई सीमा सुरक्षाका लागि खटाएको थियो ।
ड्युटीमा खटिएका खेलाडी यही साता मात्रै काठमाडौं फर्किएका थिए । काठमाडौं फर्किएका सबैलाई क्वारेन्टिनमा राखिएको थियो । कीर्तिपुरको नीलबाराही गणको क्वारेन्टिनमा रहेका २० जनामा र गुह्येश्वरी गणमा रहेका १६ खेलाडीमा कोरोना देखिएको हो ।







