
काठमाडौं, नेपाली बजारमा आज छापावाल सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
यसदिन प्रतितोला सुनको मूल्य ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन सोमबार सुन तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।







