
काठमाडौं, अमेरिकाले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
यसअघि १ अगस्टमा तालिबानले सत्तापलट गरेपछि मानव अधिकारको उल्लंघन गरेको अन्तर्राष्ट्रिय समुदायले गुनासो गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिवद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने जनाएको छ । अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो धारणा राखेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्,‘दोहामा गत वर्ष, हामीले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग वार्तालाई अगाडि बढाएका छौं । हामीले अमेरिकी नागरिक र अफगान जनतासँग संलग्न अन्यहरूलाई व्यापक कन्सुलर सेवाहरू प्रदान गरेका छौँ । हामी मद्दत गर्न सक्षम भएकोमा म खुसी छु’ एजेन्सी






