
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले आज ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ प्रमाणित गरेका छन् । आइतबार सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई संघीय संसद्बाट पारित भएको हो ।
यसपछि यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ भने राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ ।







