
काठमाडौं, साफ यू–२० च्याम्पियनसिपमा साविक विजेता भारतले पहिलो जित निकालेको छ । श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
शुक्रबार भएको सो खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले १ गोल गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रा र गुर्किरत सिंहले १–१ गोल गरे।
खेल अवधिभर एकतर्फी दबाब बनाएको भारतले श्रीलंकाविरुद्ध निरन्तर आक्रमण बुनेको थियो। काउन्टर अट्याकमा केही अवसर सिर्जना गरे पनि श्रीलंकाले गोल गर्न सकेन।
यसैगरी भारतले खेलको ५०औं मिनेटमा पहिलो गोल गरेको थियो। पार्थिवको क्रसमा हिमांशुले हेडरमार्फत गोल गरेका थिए। ६९औं मिनेटमा पार्थिवको सुन्दर गोलमा भारतले अग्रता दोब्बर पा¥यो। ७४औं मिनेटमा हिमांशुको प्रहार श्रीलंकाका डिफेन्डरले हातले रोकेपछि भारतले पेनाल्टी पायो। अन्नपूर्ण पोस्टबाट







