
नयाँदिल्ली, छिमेकी मुलुक भारतको मध्यप्रदेशको सागरमा कोरोना खोपमा स्वास्थ्य विभागको लापरवाही गरेको तथ्य सार्वजनिक भएको छ ।
त्यहाँका स्वास्थ्य विभागका अनुसार बुधबार एक नर्सिङ विद्यार्थीलाई जैन पब्लिक स्कुलमा खोप लगाउन एक्लै पठाएका थिए । तर उनले एउटै सिरिन्जले ४० जना बालबालिकालाई खोप लगाएका छन् । बालबालिकाका अभिभावकले विवाद निकालेपछि विद्यार्थीहरुले एउटै सिरिन्जबाट
स्वास्थ्य अधिकारीले सबै बालबालिकालाई खोप लगाएको बताएका छन् ।
जैन पब्लिक स्कुलमा खोप शिविरका लागि स्वास्थ्य विभागले कर्मचारीको सट्टा नर्सिङ विद्यार्थीको ड्युटी लगाएको थियो । नर्सिङ तेस्रो वर्षका विद्यार्थी जितेन्द्रले खोप लगाउन थालेपछि उनले एउटै सुईले एकपछि अर्को गरी ४० जना बालबालिकालाई खोप दिए ।एजेन्सी







