
काठमाडौं, नेपाली बजारम आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । बुधबार तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँ पुगेको छ ।







