
काठमाडौं, नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आईपुगेको छ ।
यसदिन तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १५५ रुपैयाँ पुगेको छ ।







