
किन्सासा, प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति मिसनमा सहभागी भएका दुई भारतीय सैनिक मारिएका छन् । हिंसात्मक प्रदर्शनका क्रममा मंगलबार भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मारिएको हो ।
विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग समेत गरेका छन् ।
यसैगरी कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।एजेन्सी






