
गुजरात, भारतको गुजरात राज्यस्थित बोटाद जिल्लामा घरेलु मदिरा सेवन गर्नाले ४० भन्दा धेरै मानिस अस्पताला भर्ना भएका छन् । उक्त घटनामा मंगलबार बिहानसम्म २४ जनाको मृत्यु भइसकेको छ ।
हाल मदिरा सेवनबाट बिरामी भएका मानिसहरुलाई उपचारका लागि भावनगर, बोटाद र अहमदाबाद पठाइएको छ । गुजरातका डीजीपी भाटियाका अनुसार प्रहरीले हालसम्म रक्सी बनाउने र बेच्ने ५ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी घटनाको थप अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ । भावनगर रेन्जका आईजी अशोक कुमार यादवले डीएसपी दर्जाका अधिकारीले एसआईटीको नेतृत्व गर्ने बताएका छन् ।एजेन्सी






