
सुदूरपश्चिम समाज दक्षिण कोरियाले जुलाई ३० र ३१ का दिन कार्यक्रम स्थान :경기도 고양시 장흥면석현리 350-2 초원 산장 मा
वनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
कार्यक्रम हुने समय जुलाई ३० तारिख बेलुका ४ बजे देखी ३१ तारिख बिहान १० बजे सम्म।
आपसि एकता सामूहिक उत्तरदायित्व सुप समाज कोरियाको स्थायित्व” भन्ने मुल नारा लिएर २०६२ सालमा मा कोरियामा रहेका सुदुर पश्चिमेली बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।
समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ।
त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।
विभिन्न पेसामा आवद्ध सुदुरपश्चिमेलि बासि, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ कार्यक्रममा उपस्थितीका लागि सुदुर पश्चिमसमाजले अनुरोध गरेकाे छ।
कार्यक्रममा सुदुरपश्चिमको देउडा खेल संगै विभिन्न खेलको मनोरञ्जन पनि लिन सकिने बताएको छ।
थप जानकारीका लागि सम्पर्क नम्बर :अध्यक्ष: यज्ञमान नायक -010-2267-6003,कार्यक्रम संयोजक :सन्तोष सुवर्णकार -01027541744,व्यवस्थापन संयोजक :कमल बहादुर शाही -01023508432,आर्थिक समिति संयोजक -डिल्लीराज पनेरु -01021828766 रहेको छ ।







