
बौद्ध, जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेको सन्म्झनामा अनौपचारिक शोक सभा सम्पन्न गरेको छ । जापानी सुचना केन्द्र नेपाल, बौद्धनाथ क्षेत्र विकास समिति, सामुदायिक सेवा केन्द्र तथा प्रहरी केन्द्र सेवा, महिला वातावरण समूह, छोरङान महिला समाजलगायत विभिन्न संघ संस्थाको सहकार्यमा काठमाडौंको बौद्ध स्तुपा परिसरमा मंगलबार बेलुका ५ बजेदेखि ६ बजेसम्म सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सो कार्यक्रमको प्रारम्भमा एक मिनेट मौन धारण र दस मिनेटसम्म दिप प्रज्वलन गरिनुका साथै आबेको तस्बिरमा माल्यार्पण गरेर एकपटक बौद्धनाथ परिक्रमा गरिएको थियो ।
सोही अवसरमा नेकपा एमालेका पुर्व मन्त्री कमल चौलागाईं, जापानका लागि नेपाली पुर्व राजदुत गणेश योञ्जन, सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीर बहादुर लामा, बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष राजकुमार लामा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, मुख्य अधिकृत झबिन्द्र भुसाल र उपप्रशासकिय अधिकृत रामशरण बोहरा, बौद्ध तामाङ कल्याण गुठिका अध्यक्ष खड्क जित लामाको उपस्थिति रहेको थियो ।





यसैगरी, महिला वातावरण समुहबाट मुना न्याैपाने, बौद्ध एकल महिला समुहका अध्यक्ष सतिना लामा, छोराङान महिला समाजका अध्यक्ष माया (लामा) थिङ, छोराङान महिला समाजका सचीव सृजना लामा, सल्लाहकार माया डोल्मा लामा लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
यसैगरी सेतो कान कराते संघका अध्यक्ष हेम कुमार श्रेष्ठ, चारुमती विहारका प्रमुख तपस्वी धम्मले शान्ति पाठ लगाएका थिए भने जापानी सूचना केन्द्रका अध्यक्ष मदन सिलवालले स्वागत मन्त्व्य र कार्यक्रम सञ्चालन गरेका थिए ।








सभामा बोल्दै बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष राजकुमार लामाले पुर्वप्रधानमन्त्री आबेको निधनले मर्माहित बनाएको र सोही सभामार्फत उनको चिर शान्तिको कामाना व्यक्त गरेको जानकारी गराए ।

यसैबीच, पुर्व राजदुत गणेश योञ्जनले नेपाल र जापानको सम्बन्ध प्रगाढ बनाउन आबेले ठुलो भुमिका खेलेको बताएका थिए । आबेको मायालु व्यवहार मनन गर्दै दिप प्रज्वलन गरिएको उनको भनाई छ ।










